सिजी नेट जडान, लामाचौरकी गुरुङले जितिन् स्कुटर
पाेखरा | मंसिर २१, २०८१
पोखरा: चौधरी ग्रुप अन्तरर्गत रहेको सिजी नेट जडान मार्फत पोखरा लामाचौरकी रितु गुरुङले स्कुटर जित्न सफल भएकी छन् ।
गत मंसिर ७ गते काठमाडौँमा भएको लक्की ड्र मार्फत गुरुङले हिरो कम्पनीको जुम स्कुटर जितेकी हुन । उक्त स्कुटरको हाल बजार मुल्य २ लाख ६५ हजार रहेको छ ।
शुक्रबार पोखराको अर्चलबोटमा रहेको सिजी प्लाजामा एक कार्यक्रमको आयोजना गरि स्कुटर बिजेता गुरुङलाई सिजीका शेल्स एण्ड मार्केटिङ नेशनल हेड आकेश जैसवालले स्कुटरको चावी हस्तान्तरण गरेका हुन् ।
देशै भरबाट २ महिनाको अवधीमा सिजी नेट जडान गर्ने नयाँ तथा रिन्यु गर्ने ग्राहकहरुबाट लक्की ड्र मार्फत पोखराकी रितु गुरुङ बिजेता बन्न सफल भएको नेशनल हेड जैसवालले बताए ।
२ महिनाको उक्त अफरको बिचमा दैनिक,साप्ताहिक,मासिक र बम्पर उपहारको कार्यक्रम सञ्चालन गरेको जैसवालले उल्लेख गरे ।
सिजी नेटले गएको असोज १ गतेबाट कार्तिक ३० गते सम्म ‘ल है आयो हातै खाली नरहने अफरको बाहारʹ योजना सञ्चालन गरेको सिजी नेट पोखराका ब्रान्च म्यानेजर दिपेश सिग्देलले जानकारी दिए ।
स्कुटर बिजेता रितु गुरुङले आफुले कल्पना पनि नगरेको उपहार प्राप्त गरेको बताइन् । उनले सिजी नेट जडान पश्चात सहज रुपमा इन्टरनेट सेवा प्राप्त गरेको उल्लेख गरिन् ।
पोखरा: नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले स्थापना गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सामाजिक अभियान्ता सरिता गुरुङले आर्थिक सहयोग गरेकी छन् । सामाजिक क्षेत्रमा...
काठमाडौ: सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि नेपाली सेनालाई एक महिनाअघिबाट परिचालन गर्ने भएको छ। एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ ले स्वीकृत गरेक...
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

